माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी सतिसालेलाई - – Satabdi News

माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी सतिसालेलाई –

बेलबारी । सास्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ बेलबारी वार्ड न १ कमिटीको आयोजना तथा जन ज्योति क्लब नक्सलबारीको व्यवस्थापनमा माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ विहिबार सम्पन्न भएको छ ।

प्रतियोगिताको समापन कार्यक्रमकै बिच मगर बौद्ध गुम्बाको शिल्यान्यास समेत गरीएको छ । कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालीकाका मेयर ज्ञानेन्द्र सुवेदिले गुम्बाको शिल्यान्यास गरेका हुन ।

पौष २४ गतेबाट सुरु भएको प्रतियोगिताको विहीबार भएको फाईनल खेलमा विराटनगर फुटबल क्लबलाई हराउदै सतिसाले फुटबल एकेडेमी केराबारीले उपाधि जितेको छ । निर्धारीत समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेलको निणर्य टाईब्रेकरमा पुगेको थियो ।

टाईब्रेकरमा पनि दुवै टिमले बराबरी खेलेपछि खेलको अन्तिम निणर्य सडेन डेथ मार्फत गरीएको हो । सडेन डेथमा आठ का विरुद्ध नौ गोल गर्दै सतिसाले युनियनले उपाधि आफ्नो बनाएको हो ।

प्रतियोगितामा जम्मा आठ टोलिले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उप विजेताले ३१हजार रुपैयाँ प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा बिशिष्ट अतिथी नेपाल आदिवासी जनजाति महासंघ बेलबारी अध्यक्ष तिलक राई , बेलबारी वडा ३ अध्यक्ष तथा नगर प्रवक्ता योगेन्द्र सुवेदी ,नेपाल मगर संघ बेलबारी अध्यक्ष केशव थापा मगर, वडा १ अध्यक्ष चक्र खुलाल , जनप्रतिनिधिहरु लगायत सामाजिक व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।

समापन कार्यक्रम मणि पुलामी मगरको अध्यक्षतामा समपन्न भएको थियो । क्रायक्रमको समापन गर्दै मगरले प्रतियोगिता सफल बनाउन नैतिक, भौतिक, आर्थिक सहयोग गर्नु हुने र सभ्य र अनुशासित तरिकाले खेलमा सहभागी जनाएकोमा सम्पुणर् फुटबल क्लबलाई धन्यवाद व्यक्त गरे । मगरले यश बर्षको प्रतियोगिता सभ्य र भब्य रुपमा समपन्न भएकाले अर्को बर्ष पनि प्रतियोगिताको निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिताक..." A few seconds ago

सम्बन्धित खवर