“द्रव्य ब्यान्ड” को “आसुले” बोलको गीत सार्वजनिक – Satabdi News

“द्रव्य ब्यान्ड” को “आसुले” बोलको गीत सार्वजनिक

१७ पुस, बेलबारी । बेलबारीको चर्चित ब्यान्ड “द्रव्य ब्यान्ड” को पहिलो म्युजिक भिडियो बिहिबार मध्यरातमा सार्वजनिक भएको छ । बेलबारी वडा नं ३ स्थित ड्रिमल्यान्ड फन पार्कमा भएको एक सांगीतिक कार्यक्रम बीच सार्वजनिक भएको हो ।

सांगीतिक कार्यक्रमका प्रमुख अथिति बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द« सुवेदीले ब्यान्डमा लाग्नु हुने गायक र बाध्यबाधकलाई सफलताको शुभकामना दिएका छन् । ब्यान्डको गीत सार्वजनिक हुदै गर्दा बेलबारी नगरलाई चिनाउनमा थप टेवा पुग्ने साथै अंगेजी नँयाको बर्षको शुभकामना पनि दिएका छन् ।

कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक हुने साथै वरिष्ठ गायक दीप श्रेष्ठको पनि प्रस्तुतिको रहेको थियो । नयाँ वर्षको २०२१ अवसरमा सांगेतिक कार्यक्रमको आयोजना गरि “आँसुले” बोलको भिडियो सार्वजनिक भएको ब्यान्डका संयोजक हरि गुरुङले बताएका छन् । गुरुङका अनुसार गीतको भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको पनि बताएको हो । बेलबारीको पर्यटकीय र रमणीय क्षेत्रमा छायाकन गरिएको उक्त भिडियोले बेलबारीमा रहेका पर्यटकीय स्थललाई प्रचारप्रसारमा थप टेवा पुग्ने अपेक्षा गरिएको पनि उनले बताए ।

उक्त गीतको सङ्गीत द्रव्य ब्यान्ड आफैले गरेको छ भने स्वर टिकाहाङ लिम्बुको रहेको छ साथै शब्द भने आशिस राईले लेखेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“द्रव्य ब्यान्ड” को “आसुले” बोलको गीत सार्वजनिक" A few seconds ago

सम्बन्धित खवर