युके निवासी सामाजिक अभियन्ताद्वारा राईलाई सहयाेग – Satabdi News

युके निवासी सामाजिक अभियन्ताद्वारा राईलाई सहयाेग

लेटाङ । माेरङकाे लेटाङ ६ स्थित गुवाबारीका ईन्द्रकुमारी राईकाे उपचारका लागि युके निवासी सामाजिक अभियन्ताहरुले सहयाेग गरेकाे छ ।

शुक्रबार पित्तथैलीमा समस्या भएका बिरामी राईकाे घरमा पुगि सहयाेग प्रदान गरेकाे हाे । युके निवासी सामाजिक अभियन्ताहरु दिलसिङ मेन्याङ्बाे, लाेकेन्द्र तबेवुङ, युमा लिम्बू, नरेन्द्र माबोहाङ लगायत अभियन्ताहरुकाे संयाेजनमा संकलित रकम हस्तान्तरण भएकाे हाे । युके निवासी अभियन्ताहरुले संकलन गरि पठाएकाे रकम सामाजिक अभियन्ता केदार धिमाल, नरेन्द्र पाराघरी, मातृका धिमाल, सन्जय राई, अजित धिमालले साे रकम बिरामीलाई हस्तान्तरण गरेका थिए । आर्थिक समस्याका कारण उपचारमा समस्या भएकाे स्थानियकाे अनुराेधमा बिरामीकाे उपचारमा सहयाेग पुगाेस भनेर ३० हजार रुपैयाँ रकम प्रदान गरिएकाे अभियन्ता केदार धिमालले बताउनु भयाे । युके निवासी अभियन्ताहरुले आर्थिक समस्यामा परेर उपचार अभाव भएकाहरुलाई सहयाेग प्रदान गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युके निवासी सामाजिक अभियन्ताद्वारा राईलाई सहयाेग" A few seconds ago

सम्बन्धित खवर