पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको “अर्थ राजनीतिक विमर्श” पुस्तक बजारमा – Satabdi News

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको “अर्थ राजनीतिक विमर्श” पुस्तक बजारमा

बेलबारी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ पुस्तक “अर्थ राजनीतिक विमर्श” प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिकवाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् ।

अर्थ–राजनीतिक विमर्श पुस्तकले सबै राजनीतिक नेता, विकास समृद्धिका आकांक्षी, नीति–निर्माता र विशेषत, जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने छ भन्ने सांग्रिला बुक्सले बिश्वास राखेको छ ।

पुराना दल र वैकल्पिक शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्ताकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु ।पुस्तकका सन्दर्भमा डम्बर खतिवडाले भूमिकामा लेख्नुभएको छ ।। यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक, वैचारिक परिवेशलाई बुझ्न र विशेषत उतर(गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ।

यो पुस्तक २७४ पृष्ठको छ र यसको मूल्य ४६४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको “अर्थ ..." A few seconds ago

सम्बन्धित खवर