पान्थरको लुम्फाबुङमा जसपाको प्रशिक्षण – Satabdi News

पान्थरको लुम्फाबुङमा जसपाको प्रशिक्षण

फेदेन । पान्थरको फेदेन नगरपालिका – ९ स्थित लुम्फाबुङमा जनता समाजवादी पार्टी, नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
फेदेन नगरपालिका ९ न. वडा समितीको आयोजनामा भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य तथा लिम्बुवानका उपाध्यक्ष प्रेमराज लाओतीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिका सदस्यहरु सुन्दर लावती “कांङसोरे”, राकेस माङमु, जिल्ला कमिटी सदस्यहरु, जनवर्गीय सङ्गठनका नेताहरू र लुम्फाबुङका अगुवा नेताकार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो । जसपा, नेपाल फेदेन नगरपालिका ९ न. वडा समितिका अध्यक्ष नरेन्द्र कुमार लाओतीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा सचिव रामराज लावतीले सन्चालन गरेका थिए । प्रशिक्षण कार्यक्रममा नेकपा परित्याग गरि नेकपाको दलित संघका वडा अध्यक्ष राजकुमार शंकर, पुर्ण बहादुर तामाङ र दिनेश लावती जसपा, नेपालमा प्रबेस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पान्थरको लुम्फाबुङमा जसपाको प्रशिक्षण" A few seconds ago

सम्बन्धित खवर