फेदाप गाउँपालिकामा जसपा, नेपाल समायाेजन – Satabdi News

फेदाप गाउँपालिकामा जसपा, नेपाल समायाेजन

तेह्रथुम । जनता समाजवादी पार्टी, नेपाल तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाको समायोजन कार्य सम्पन्न भएको छ ।

समाजवादी पार्टी र राजपा बीचको एकता पछि गाउँ गाउँमा समायोजन कार्य तीब्र रूपमा जारी रहेको बेला फेदाप गाउँपालिका समायाेजन भएकाे हाे । गंगा कुरुम्बाङकाे अध्यक्षतामा शनिवार एक कार्यक्रमा बिच ३३ सदस्यीय समिति समायाेजन भएकाे हाे । समितिकाे उपाध्यक्षमा अर्जुन लिम्बू र निता लिम्बू सचीवमा रन्जित लिम्बू, सह-सचिवमा रेजिना नेपाली र कोषाध्यक्षमा योगेन्द्र जरेल रहनु भएकाे छ ।

त्यस्तै सदस्यहरुमा दीक्षा नेपाली, विक्रम लिम्बू, गंगाप्रसाद कुरुम्बाङ, दिलकुमारी लिम्बू, भावना लिम्बू, भिमराज लिम्बू, सविना लिम्बू, रणध्वाेज लिम्बू लगायत रहनु भएकाे छ । जसपा, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लावती विशेष अतिथि रहनु भएकाे थियाे । त्यस्तै अतिथिहरुमा लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, प्रदेश नं. १ का सदस्य लोक बहादुर सिङ्गक, लिम्बुवान राष्ट्रिय समितिका सदस्य टेकबहादुर खापुङ लगायत रहनु भएकाे थियाे । गंगा कुरुम्बाङकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई सुर्यमान निङ्लेकुले सञ्चालन गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फेदाप गाउँपालिकामा जसपा, नेपाल समायाेजन" A few seconds ago

सम्बन्धित खवर