बेतना बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्षमा कृष्णा ढकाल सर्बसम्मत चयन – Satabdi News

बेतना बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्षमा कृष्णा ढकाल सर्बसम्मत चयन

कार्तिक ०६, बेलबारी । बेतना बचत तथा ऋण सहकारी सस्था लि.को २२ औ साधारण सभा सम्पन्न भएको छ । विहिबार भएको  साधारण सभाबाट बेलबारी न.पा वार्ड न १ का कृष्ण ढकाल सर्वसहमत अध्यक्षमा चयन भएका हो ।

कोभिड १९ को महामारीको कारण साधरणसभा सार्वजनिक ठाउमा भब्य रुपमा नगरी सामाजिक दुरी कायम गर्दै सस्थाको आफ्नै भवनमा सम्पन्न गरिएको निबर्तमान अध्यक्ष जगत क्षेत्रीले शताब्दी न्युजलाई बताए । नया कार्य समिति सर्बसम्मत अध्यक्ष कृष्ण ढकाल, उपाध्यक्षमा मात्रिका पराजुली, सचिवमा ललित कुमार राई , कोषाध्यक्षमा बासुदेव आचार्य संचालक सदस्यहरुमा प्रदिप कुमार गौतम, मन कुमारी गुरागाई, संगीता राई, इश्वरी कुमारी गुरुङ, ध्रुबतारा घिमिरे, हिरण्य बहादुर बस्नेत, कुन्ती गुरुङ र लेखा समिति संयोजकमा मंगल महतो सदस्यहरुमा केशव थापा मगर र खेमराज सुबेदी सर्बसम्मत निर्बाचित भएका छन् । निर्वाचित कार्य समितिलाई निर्वाचन अधिकृत शकुन्तला राईले निर्वाचन प्रमाण पत्र बितरण गर्दै बधाई तथा शुभ कामना दिएका थिए ।

सस्थापक काल देखि निरन्त्रर अहोरात्र इमान्दार भई सस्था संग जोडिएर कार्य गरेको सस्था छोड्दा निबर्तमान अध्यक्ष जगत क्षेत्रि केहि भावुक भएका थिए ।

वि.स २०५६ सालमा स्थापना भएको यस सस्था को सेयर सदस्य संख्या हाल ७६८ जना रहेका छन्। यस सस्थाको सम्पति तथा जायजेथा कुल रु ७२४४३५४६/६७ रहेको छ । बेलबारी न.पा भित्रको एक प्रतिष्ठित सस्थाको सुचीमा यस सहकारी सस्था पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेतना बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्षमा क..." A few seconds ago

सम्बन्धित खवर