भौतिक योजना तथा यातायात मन्त्री नेम्बाङलाई कोरोना पुष्टि – Satabdi News

भौतिक योजना तथा यातायात मन्त्री नेम्बाङलाई कोरोना पुष्टि

कार्तिक ४, काठमाडौ । भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मन्त्री नेम्वाङको पिसिआर रिपोर्ट पोजेटिभ आएको हाे ।

हाल उनी मन्त्रालयकै क्वार्टरमा आइसोलेसनमा बसेका छन् । उनलाई सामान्य ज्वरो र खोकी लागेको बताइएकाे छ ।

मन्त्री नेम्वाङले आफ्नो फेसबुकबाट आफूलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिँदै आफूसित सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भौतिक योजना तथा यातायात मन्त्री नेम्बाङलाई कोरो..." A few seconds ago

सम्बन्धित खवर