उज्यालो काकुम सडक बत्ती उदघाटन कार्यक्रम सम्पन्न – Satabdi News

उज्यालो काकुम सडक बत्ती उदघाटन कार्यक्रम सम्पन्न

बेलबारी । बेलबारी नगरपालीका वडा नं ४ मा शनिबार एक कार्यक्रमका बीच उज्यालो काकुम अन्तर्गतको सडक बत्ती उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

देश, विदेशमा रहेका सहयोगी दाताहरुबाट आर्थिक सहयोगबाट काकुम बुधबारे चौक बजार आसपास देखि शान्ति चौक, गजराम टोल, यलम्बर चौक र समावेशी चौकका ५५ ओटा पोलमा सडक बत्ती जडान गरीएको हो । बत्ती बाल्नका लागि बिधुत आपूर्ति निजि घरबाट गरिएको छ ।

बेलबारी वडा नं ४ का वडाध्यक्ष राम किरातीले बक्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन ।


काकुम युवा समुहको विशेष पहलबाट शुरु भएको अभियानमा जम्मा ९७ हजार ९ सय २० रुपैयाँ आर्थिक संकलन भएको थियो, जस मध्ये ८६ हजार ६ सय ६० रुपैयाको लागतमा बक्ति जडान गरिएको हो ।

कार्यक्रममा नारायण मिश्रले आयव्यय प्रस्तुत गरेका थिए । संकलित रकम ९७९२० खर्च, ८६६६० र बचत रकम ११२६० रहेको मिश्रले जनाए ।

अनाम पृथ्वी टोल विकास समितीका अध्यक्ष भ’वनसिंह राई, शान्ती चौक टोल विकास समितीका उपाध्यक्ष प्रविन राई, समाजसेवी चन्द्र लिम्बू लगायतको उपस्थिती रहेको थियो ।


सुरक्षाको हिसाबले पनि सुरक्षित साथै उज्यालो काकुम बनाउने अभियानलाई सफल बनाउन सहयोग गर्न हुने सम्पुर्ण सहयोगीहरू प्रति आभार रहेको काकुम युवा समुहका अध्यक्ष गौरीमान राईले बताए ।

काकुम युवा समुहका अध्यक्ष गौरीमान राईको सभापतित्वमा भएको कार्यक्रलाई कार्यक्रम संयोजक पर्वत राईले सञ्चालन गरेका थिए ।

कार्यक्रम संयोजक पर्वत राईले काकुमवासी अत्यन्त सहयोगी र सकारात्मक सोचका धनी भएकाले अभियान सफल भएको बताए । बिगतमा पनि काकुम यूवा समुहले धेरै सामाजिक कार्य गर्दै आएको र आगामी दिनहरूमा अझ धेरै कार्यहरू गर्ने र यो कार्यक्रम प्रचारबाजी नभएर अन्य यूवाहरूलाई पनि मार्ग निर्देश होस भन्ने हिसाबले कार्यक्रम आयोजना गरिएको राईले बताए । राईले यस अभियानमा जोडिनु हुने सम्पुर्णमा धन्यवाद तथा आभार प्रकट गर्नुका साथै आगामी दिनमा यसरी नै सकारात्मक सहयोग मिल्ने अपेक्षा व्यक्त गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उज्यालो काकुम सडक बत्ती उदघाटन कार्यक्रम सम्पन्न" A few seconds ago

सम्बन्धित खवर