कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीडितलाई राहत सामाग्री वितरण – Satabdi News

कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीडितलाई राहत सामाग्री वितरण

आसोज ३०, काठमाडौं । गायिका एवं कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीडितलाई राहत सामाग्री सहयोग गरेकी छिन् ।

शर्माले बाढीले घरबारविहीन भएका, आफन्त गुमाएका परिवारलाई पाँच लाख बराबरको राहत सामाग्री सहयोग गरेकी हुन् । ढोरपाटन नगरपालिका वडा नं ५, ७, ८ र ९ बोबाङका पीडित परिवारलाई गायिका शर्माले नगद, लत्ता कपडा, खाद्यान्न र जस्तापाता लगायतका राहत सामाग्री सहयोग गरेकी हुन् ।

गायिका शर्माले राहत वितरण गर्दै, “यस्तो महामारीमा हामी सबैले सकेको सहयोग गर्नु नै धर्म हो । उहाँहरुको यो दुःखमा थोरै भए पनि राहत पुगोस् भन्ने आशाले देश विदेशबाट आर्थिक संकलन गरेर राहत बाँड्न आएकि हुँ । देश विदेशबाट सहयोग गर्नुहुने सबै दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

गायिका एवं कलाकार शर्माले ढोरपाटनमा आएको बाढी पहिरोले जनधनमा क्षति भएकोमा दुख लागेको बताए । हामीले दुख पर्दा सबैलाई सहयोग गर्नु पर्छ भनेर विभिन्न संघ संस्था, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली नागरिकहरुबाट आर्थिक संकलन गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीड..." A few seconds ago

सम्बन्धित खवर