क्यानसर पिडितलाई आदिवासी जनजाति महासंघको आर्थिक सहयोग । – Satabdi News

क्यानसर पिडितलाई आदिवासी जनजाति महासंघको आर्थिक सहयोग ।

बेलबारी । कलेजो क्यानसरबाट पीडित बेलबारी -९ , तिनखुट्टिया टोल निवासी रागब राजबंशी र सो वडाकै मृतक असोक राई परिवारलाई नेपाल आदिवासी जनजाती महासंघ बेलबारीले आर्थिक सहयोग प्रदान गरेका छन ।

सोमबार राजबंशी र राईकै घरमा पुगेर महासंघका अध्यक्ष तिलक राईले क्यानासर पीडित रागब राजबंशीलाई १५ हजार र मृतक परिवारलाई ७ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन।

 

महासंघका उपाध्यक्ष कुमार बोखिम, सचिव मनकुमार गुरुङ, फोनिज बेलबारी अध्यक्ष अर्जुन राई, आदिवासी अभियान्ता रन्जित गुरुङ, पर्वत राई, ऋषि राई, क्रान्ति लिम्बु लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष तिलक राईले राजबंशीको सिघ्र स्वास्थ लाभको गर्नुका साथै महासंघको तर्फ बाट र व्यक्तिगत तर्फ बाट थप उपचारका लागि भुमिका खेल्ने जनाए । राईले रागब राजबंशीले कला र कलाकारीताको माध्यम द्वारा समाजको बिकासमा विशिष्ट योगदान पुर्याएको बताए ।

सहयोग रकम बुझ्दै पिडित रागबले सहयोगका लागि धन्यवाद व्यक्त गर्द सबैबाट अथाह माया, आशिर्वाद, सहयोग पाइरहेकाले आफु चाडैं ठिक भएर सामान्य जिवनमा फर्कने बिश्वास रहेको बताए। रागबले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि सहयोगको अपिल गरे ।


राजबंशी बिगत सात महिना देखि बिर्तामोडको बिमसी अस्पतालमा नियमित उपचार गर्दै आएका छन । ढोलक, तबला, मादल जस्ता बाध्यबादन बजाएर आफ्नो जीवन निर्वाह गर्दै आएका रागब उपचार खर्चको अभावमा पिरोलिएका छन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्यानसर पिडितलाई आदिवासी जनजाति महासंघको आर्थिक..." A few seconds ago

सम्बन्धित खवर