कबिता; मैले भोगेको कोरोना – Satabdi News

कबिता; मैले भोगेको कोरोना

राजन खतिवडा

एउटै डिब्बामा अर्को यात्रीले छिंक गर्थो
सबैले भन्थे फक यु , ब्लाडी हेल
अलि पछि एउटै डिब्बामा एजड् पिपुल चढ्थे
फिजिकल दुरी भन्दै उठेर अर्को सिटमा चढ्थे !

अलिक समय वात
माक्स नलाउने मान्छे रोगी
सेनिनाइजर नलगाउने फोहोरी भयो
अझै पछि
सकेसम्म सबैले घरका चिज बस्तु डिस्इन्फेक्टेड गरे ;
उता डोनाल्डले भनि रह्यो चइना भाइरस, आक्स टु चैना ।

उता हाम्रोमा
अझै पछि समयको गति बदल्छु भन्दै
तिन जनाले समाइदिनु पर्ने एक पाखे प्र म ले
लकडाउन भन्या जनता घरभित्र थुन्नु र भकुर्नु बुझे
बेसारको महिमा, बैधे भएर ज्ञान बाँढे
आखिर,
भोकाले भोक्कै बस्दा भन्यो।
आइ एम ग्राजुयट फर्म भागलपुर युनिभरसिटि
फुड इज इसेन्सियल विदाउट फुड हाउ टु लिभ ?

अनि
रत्नपार्कमा भात बाँढिन थालियो, हिजो गरिवका गास खोस्ने पनि पुगे बुट बजार्दै र सोधे थप्दिम तपाइलाई ???
आज तिनै दुखि छन जसले हिजो गाँस खोसेर पनि
बाँड्न पाएनन् वा त्यहि टपरी मुखमा झट्टी बजार्लान भनेर;

अहिले
खोकि र ज्वरो बाट सुरू भएको भाइरस
भोक र सत्ता संग जोडियो माक्स बेच्नेले पनि कमाए,
आजकाल खोक्दा खोकि नै मान्छन, छिंक गर्दा रूघा
लगभग सबैले बुझे ब्याधि कम फर्जी ब्यापार धेर ।

आजभोलि जनताले जनतालाइ छुंदा हात धुदैनन् ।
बरू नेतालाइ देखेपछि आँखा धुन्छन र
हातका दुबै माझिं अङ्गुलो ठडाउदै देखाउदै
एकै श्वरमा भन्दै छन,यु गाइच रव अस,रव अस
फक यु ब्लाडी हेल । फक यु ब्लाडी हेल ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता; मैले भोगेको कोरोना" A few seconds ago

सम्बन्धित खवर