महोत्तरी युवा संजालद्दारा रक्तदान कार्यक्रम – Satabdi News

महोत्तरी युवा संजालद्दारा रक्तदान कार्यक्रम

राजु कुमार महतो
असोज ७, महोत्तरी । हाल कोरोना महामारीले गर्दा धेरै जसो अस्पतालहरुमा रगतको अभाव रहेको देखिएको छ। जस कारणले गर्दा अहिले धेरै बिरामीहरुको अवस्था गम्भीर भएको र कतिको मृत्यु समेत भइरहेको अवस्था छ ।

यस्तो अवस्थालाई निराकरण गर्ने तथा रगतको अभावले गर्दा हुने दुर्घटनाहरु कम गर्ने उदेश्यले महोत्तरी युवा संजालको आयोजनामा आइतबारका दिन विश्व रक्तदाता दिवसको अवसरमा ” कोरोना नियन्त्रण तथा रोकथामका लागि युवा अभियान” अन्तर्गत पहिलो बृहत् रक्तदान कार्यक्रम गौशाला न.पा.का उपमेयर आशा लामा तथा गौशाला न.पा.वडा न. ४ का अध्यक्ष श्री रामबाबु साहको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको छ । महोत्तरी युवा संजालको प्रत्यक्ष आयोजनामा जिल्लामा दोश्रो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

हाल सम्म कोरोना महामारी र रगतको समस्या रहिरहेकोे हुनाले फेरि दोश्रोपटक ४१ औं समाजिक सेवा दिवसको अवसरमा महोत्तरी युवा संजालको आयोजना तथा जय माँ जल्पा बालुवा गिट्टी वासिङ् सेन्टरको सहयोगमा “कोरोना नियन्त्रण तथा रोकथामका लागी युवा अभियान” अन्तर्गत वृहत् रक्तदान कार्यक्रम सन्चालन गरिएको जानकारी महोत्तरी युवा संजाल, गौशला कार्यसमितीको संयोजक राजिव साहले बाताउनु बताए । साहले जिल्ला लगायत देशको कुनै कुनामा रगतको अभाव सृजना भएको देखिएमा हामी महोत्तरी युवा संजाल पुर्ण रुपमा सकृय भै त्यस्तो समस्या माथि बिजय प्राप्त गर्न कुनै कमि नराख्ने राख्ने प्रतिवद्धता जनाए ।

यस कार्यक्रमको सभापतिको रुपमा महोत्तरी युवा संजालका गौशाला कार्य समितिको संयोजक श्री राजिब साह ज्यु,प्रमुख अतिथिको रुपमा गौशाला न.पा. का मेयर श्री शिबनाथ महतो,बिशेष अतिथिको रुपमा यस कार्यक्रमको सहयोगी जय माँ जल्पा बालुवा गिट्टी वासिङ् सेन्टरको संचालक श्री सिताराम साह, अतिथिको रुपमा रेड क्रस सोसाइटीको उपशाखा गौशालाको सभापति श्री रुपेश गुप्ता, रेडियो जुनताराको संचालक श्री निरन्जन साह, रेडियो रुपान्तरणको संचालक नगेन्द्र साह, तथा shrishri news का पत्रकार प्रेम यदुबन्सी तथा अन्य अतिथिहरुको उपस्थितिमा सुरु भइ ५० जना रक्तदाताको सहयोगमा आजको कार्यक्रम सफलतापुर्बक सम्पन्न गरियो ।

५० जना रक्तदाताले जम्मा १५० जनाको जीवन रक्षामा भुमिका निर्वाह गर्ने आशा रहेको कुरा संजालका कार्यकारी सदस्य धिरज साह ले बताए । यस कार्यक्रमले “रक्तदान जिवन दानको नारालाई सार्थकता दिने बिश्वास समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महोत्तरी युवा संजालद्दारा रक्तदान कार्यक्रम" A few seconds ago

सम्बन्धित खवर