दमक नगरपालिकाको १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक – Satabdi News

दमक नगरपालिकाको १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक

असार ११, दमक । आगामी आर्थिक वर्षका लागि दमक नगरपालिकाले १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार नगर उप–प्रमुख गीता अधिकारीले सातौ नगरसभाको उद्घाटनमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक बर्षको पूँजीगत तर्फ ५३ करोड ५२ लाख ७० हजार र चालुतर्फ ७७ करोड ७७ लाख ६५ हजार रुपैयाँ ५३ करोड ५२ रुपैयाँ रहेको बताएको छ ।

कोरोना संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउन अवधिमा विभिन्न करमा छुट सहित राहतका कार्यक्रम समेत उप मेयर अधिकारीले बताएकी छिन् । कोरोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । यसै गरी लकडाउनका कारण शैक्षिक गतिबिधिलाई प्रभावकारी र चलयमान बनाउन बजेट केन्द्रीत रहेको पनि स्पस्ट पारे । युवाहरुलाई आगामी आर्थिक बर्षमा स्वरोजगार र उद्यमशिलतालाई समेत ध्यानमा राख्दै र युवाहरुलाई सीप र तालिमको पनि बिकास गर्ने लक्ष्य राखिएको बताएको छ ।

नगरसभाको अर्को बैठक असार १३ गते दिउँसो २ बजे बस्ने दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताए । उपप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभासदको सुझाव र रायसहित सर्वसम्मत पारित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दमक नगरपालिकाको १ अर्ब ३१ करोड ३० लाख ३५ हजार र..." A few seconds ago

सम्बन्धित खवर