सुदूरपश्चिममा ३ कोरोना संक्रमित ; संक्रमितको संख्या ९ पुग्यो – Satabdi News

सुदूरपश्चिममा ३ कोरोना संक्रमित ; संक्रमितको संख्या ९ पुग्यो

२२ चैत, बेलबारी । सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमित मध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । संक्रमित सातौं व्यक्ति धनगडीकी ३४ वर्षीया महिला हुन् ।

त्यसै गरि आठौंमा कैलाली घर भई भारतको मुम्बईबाट आएको २१ बर्षिया पुरुषमा संक्रमण देखिएको हो ।

त्यसै गरि नवौंमा कञ्चनपुर घर भई हाल भारतको उत्तराखण्डबाटका ४१ वर्षीय पुरुषमा देखिएको छ ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै एक ब्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुदूरपश्चिममा ३ कोरोना संक्रमित ; संक्रमितको सं..." A few seconds ago

सम्बन्धित खवर