कोभिड–१९ कोषमा समाजवादी पार्टीले १० लाख दिने – Satabdi News

कोभिड–१९ कोषमा समाजवादी पार्टीले १० लाख दिने

१५ चैत, काठमाडौँ । समाजवादी पार्टीले कोरोना भाइरसको  रोकथाम गर्ने उध्देश्यले  सरकारले स्थापना गरेको कोषमा पार्टीको  तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट १० लाख रुपैयाँ रकम दिने जानकारी दिएका हुन् ।

अध्यक्ष यावदले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगको सदुपयोगको प्रबन्ध मिलाउनसमेत र विशेष स्थितिमा उच्च सतर्कता अपनाउन चालु आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट खर्च गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर