आईसोलेशन वाड निर्माण गर्न नेवि संघ कलम गा.पाको ध्यानाकर्षण पत्र – Satabdi News

आईसोलेशन वाड निर्माण गर्न नेवि संघ कलम गा.पाको ध्यानाकर्षण पत्र

१० चैत, झापा । आईसोलेशन वाड निर्माण नभएको भन्दै नेविसंघ कमल गा।पा सभापति जितेन साम्पाङ सहितको टोलीले आज कमल गाउपालिकाको उपमेयर बेनु सिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस (COVID-19) सङ्क्रमणले आतंकित पारिरहेको बेलामा कमल गाउपालिकामा आईसोलेशन वाड र क्वारेन्टाइन निर्माण नहुदा समस्या हुन सक्ने भन्दै नेविसंघले गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझदै उपप्रमुख बेनु सिवाकोटीले कोरोना भाईरसको संङकमण फैलिन नदिनको लागि हामी गाउपालिकाबाट गर्नु पर्ने सबै कुरा गर्न तयार रहेको जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आईसोलेशन वाड निर्माण गर्न नेवि संघ कलम गा.पाको ..." A few seconds ago

सम्बन्धित खवर