कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस – Satabdi News

कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस

१० चैत, विराटनगर । १ नं प्रदेश सरकारद्वारा कोरोना भाइरसको संक्रमणबारे आफुलाई थाहा भएमा वा संक्रमणको आशंका लागेमा आवश्यक जानकारी दिन र सवै खालका निकायसँग समन्वय गर्नका लागि आइतबारदेखि २४ घण्टे टेलिफोन नम्बर संचालनमा ल्याएको छ ।

प्रदेशस्तरमा कोरोनासम्बन्धि जानकारी लिन वा दिन र समन्वय गर्न स्थापना गरिएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीओसी) मा ०२१–४७०५०० नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको हो ।

उक्त नम्बर आइतबार बेलुकादेखि सञ्चालनमा आइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त नम्बर आइतबार देखि संचालन गरिएको र २४ घण्टै फोन उठ्ने पनि उनले बताए ।

प्रदेशस्तरमा सवै क्षेत्र तथा निकायसँगको समन्वय तथा कोरोना भाइरसका शंकास्पद विरामीहरुको बारेमा खबर आदान प्रदान गर्न उक्त नम्बरलाई प्रयोग गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस" A few seconds ago

सम्बन्धित खवर