बेलबारी नगरपालिकाद्वारा १५ बेडको आईसोलेशन कक्ष निर्माण – Satabdi News

बेलबारी नगरपालिकाद्वारा १५ बेडको आईसोलेशन कक्ष निर्माण

७ चैत, बेलबारी । बेलबारी नगरपालिकाले १५ वटा बेड भएको क्वारेन्टाइन तयार गरेको छ । बिहिबार कार्यपालिकाको वैठक बसि १५ बेडको आइसोलेशन वाड संचालन गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले आफ्नै बन्दै गरेको भवनमा दुई वटा कोठामा क्वारेन्टाइन तयार भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदिले बताए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आइसोलेशन वाड तयार गरेको उनले बताए । उक्त आइसोलेसन वार्डमा अधा दर्जन भन्दा वढि स्वास्थयकर्मी खटाइएको समेत उनले बताए ।
१ नं प्रदेशमा नै पहिलो नगर स्तरीय आइसोलेसन कक्ष बनाएको मेयर सुवेदिले शताब्दी न्युजलाई बताए । बेलबारी नगर भित्र रहेको हरेक टोल टोलमा सचेता समन्धी कार्यक्रम गरिने समेत भएको छ । क्वारेन्टाइनमा भएको बिरामीलाई थप समस्या देखिए धरान स्थित बि.पि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिने मेयर सुवेदी बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाद्वारा १५ बेडको आईसोलेशन कक्ष ..." A few seconds ago

सम्बन्धित खवर