धिमाल समुदायमा रस्साकस्सी, विद्यार्थी महासचिवद्धारा केन्द्रिय सदस्यमाथि हातपात – Satabdi News

धिमाल समुदायमा रस्साकस्सी, विद्यार्थी महासचिवद्धारा केन्द्रिय सदस्यमाथि हातपात

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रका केन्द्रिय सदस्य तथा अठियाबारी गाउ टोल समितिका इन्चार्ज रामप्रसाद धिमाल माथि आक्रमण गर्ने धिमाल विद्यार्थी मन्चका महासचिव सुनिल धिमाललाई पदबाट निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरि कार्बाहि गरिएको छ ।
चैत्र ३ गते सोमबार धिमाल जातीय विकास केन्द्र, केन्द्रिय सचिवालयको आकस्मीक बैठकले आक्रमणको भत्र्सना गर्दै, आक्रमण गर्ने धिमाल विद्यार्थी मन्चका केन्द्रिय महासचिव सुनिल धिमाललाई पदबाट निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरि कार्बाहि गरिएको हो । केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्धारा जारि विज्ञप्तीमा सो घटनालाई उत्तेजित बनाउने मोरङ जिल्ला सदस्य धनराज धिमाललाई समेत निलम्बन गर्दै १ कार्यकाल संस्थाको कुनै पनि पदमा रहन नपाउने गरि कार्बाहि गरिएको छ । त्यस्तै अठियाबारी टोल समितिका साधारण सदस्य अनिल धिमाललाई समेत १ कार्यकाल संस्थाको कुनै पनि पदमा रहन नपाउने गरि कार्बाहि गरिएको छ । विज्ञप्तीमा केन्द्रिय सदस्यलाई आक्रमण गर्ने सुनिल धिमाललाई कानुनि कार्बाहिको समेत माग गरेको छ । त्यस्तै बर्खास्तमा परेका सुनिल धिमालले समेत प्रेस विज्ञप्ती जारी गर्दै घटनामा केन्द्रिय सदस्यलाई हात लाग्न गएकोमा क्षमा याचना गरेको छ । बर्खास्तमा पर्ने सुनिल धिमाल, नेकपा उर्लाबारी नगर समितिका सदस्य, अनेरास्ववियु मोरङका सदस्यत तथा उर्लाबारी बहुमुखी क्याम्पसका स्ववियु सचिव समेत हुन् । त्यस्तै धनराज धिमाल उर्लाबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन् । आक्रमण गर्ने सुनिल धिमाललाई इलाका प्रहरी कार्यालय, उर्लाबारीले नियन्त्रणमा लिएको छ । सुनिललाई बचाउन नेकपाका स्थानिय नेताहरुको इलाका प्रहरी कार्यालयमा बाक्लो उपस्थिती देख्न सकिन्छ । भने पिटाई खाने व्यक्ति समाजवादी पार्टिका केन्द्रिय सदस्य समेत रहेकाले समाजवादी पार्टिका स्थानिय नेताहरुको समेत चहलपहल देखिन्छ ।

घटनाको नालीबेली
धिमाल जातिय विकास केन्द्र, अठियाबारी गाउँ टोल समितिको छैठौं साधारण सभा, केन्द्रका केन्द्रिय अध्यक्ष तेजबहादुर धिमालको प्रमुख आतिथ्यतामा उर्लाबारी ८, अठियाबारी स्थित सामुदायीक बाल केन्द्रका भएको थियो । साधारणसभाबाट नेतृत्व समेत चयन गर्नु पर्ने भएकाले अध्यक्ष र सचिव पदबाहेक सबै पद सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा लेखलाल धिमाल र अनिल धिमाल, सचिवमा नेचिमाया धिमाल र खेमराज धिमालले उम्मेदवारी दिएको हुनाले कसैले पनि उम्मेदवारी फिर्ता नगर्ने भएपछि निर्वाचन समितिले चैत्र १ गते निर्वाचन गराउने सुचना जारी गर्यो । त्यसपश्चात निर्वाचन तयारी गर्नु पर्ने भएकाले साधारण सदस्यको रसिद माग गरिएको थियो । तत्कालिन टोल समिति संग भएको रसिद प्राप्त भएको पनि, केन्द्रीय सचिव कविराज धिमाल र केन्द्रिय सदस्य रामप्रसाद धिमालले धिमाल विद्यार्थी मन्चका महासचिव सुनिल धिमाललाइ दिएको ६१२२ देखी ६१५०, ७४५१ देखी ७५००, ८५५१ देखी ८६०० नम्बरको रसिद निर्वाचन समितिले प्राप्त गर्न सकेन । निर्वाचन समितिले त्यहि कुरा केन्द्रिय समितिलाई जानकारी गरायो । त्यस लगत्तै अध्यक्षका उम्मेदवार लेखलाल धिमाल र सचिवका उम्मेदवार खेमराज धिमालले तत्कालिन टोल समितिले बुझेको रसिदमा अध्यक्षका प्रत्यासी अनिल धिमाल साधारण सदस्य समेत नभएकोले र सचिवका उम्मेदवार नगर सदस्य भएकाले उम्मेदवारी रद्ध गरि पाउँ भनि निर्वाचन समितिमा निवेदन पेश गर्यो । यी सबै घटनाक्रम भएपछि धिमाल जातीय विकास केन्द्रले केन्द्रिय पदाधिकारी बैठकको आब्हान गर्यो । पदाधिकारी बैठकले टोल समितिलाई दिनु पर्ने साधारण सदस्यताको रसिद गलत मान्छेलाई दिएको भन्दै केन्द्रिय सचिव र अठियाबारी गाउँ टोल समितिका इन्चार्ज समेत रहेका केन्द्रिय सदस्यलाई सचेत गरायो । साथै रसिद नं. ६१२२ देखी ६१५० सम्मको र ७४५१ देखी ७५०० सम्मको रसिदमा संस्थाको छाप नलागेको भन्दै त्यसलाई खारेज गरेर चैत्र १ गते नयाँ सदस्यता वितरण गर्ने र चैत्र ३ गते निर्वाचान गर्ने मिति तोक्यो । सचिवका उम्मेदवार नेचिमाया धिमाल, उर्लाबारी नगर समितिको सदस्य समेत भएकाले नगर सदस्यबाट राजिनामा दिएर निर्वाचनलाई सहज बनाउन निर्वाचन समितिका अध्यक्ष कुमार धिमालले पटक पटक मौखिक आग्रह गर्यो । नेचिमायाले निर्वाचनको सम्पुर्ण तयारी पुरा भएपछि नगर अध्यक्ष नारायण धिमाललाई राजीनामा पत्र थमाएका थिए । अन्तिम समयमा राजीनामा आएकाले तत्काल स्विकृती गर्न नसकिने र सचिव पदका उम्मेदवार नेचिमायाको उम्मेदवारी खारेज हुनु पर्ने भन्दै अठियाबारी गाउँटोल समितिका निवर्तमान अध्यक्ष समेत रहेका उर्लाबारी नगर समितिका अध्यक्ष नारायण धिमालले निर्वाचन समितिमा दबाव दिन थाले । सो अवधीमा निर्वाचन आचारसंहिता र निर्वाचन कार्यविधि बारे निर्वाचन समिति र निर्वाचन प्रतिनिधि बिच छलफल र हस्ताक्षर भइसकेको थियो । समस्या आएपछि निर्वाचन समिति र उम्मेदवारहरु बिच छलफल गराउनु पर्ने आवश्यकता महशुस भएकाले छलफल बोलाएको थियो । सो छलफलमा अनिल धिमाल पक्षको टावर पर्सनको रुपमा चिनिएका विद्यार्थीका महासचिव सुनिल धिमाल, धनराज धिमाल, अनिल धिमाल, नारायण धिमाल, लेखलाल धिमाल र निर्वाचन समिति बिच छलफल सुरु भयो । छलफलका क्रममा अनिल धिमाल, सुनिल धिमाल, नारायण धिमाल, धनराज धिमाल बिच चर्काचर्कि भयो । सोहि बेला विद्यार्थीका महासचिव सुनिल धिमालले चुपचाप बसिरहेका केन्द्रिय सदस्य रामप्रसाद धिमाललाई सबै समस्या गर्ने तपाई हो भन्दै गालामा चड्कन लगाएका थिए । त्यस पश्चात त्यहाँको माहोल विग्रीएको थियो । त्यसपश्चात घटनाको जानकारी लिन धिमाल जातिय विकास केन्द्रले केन्द्रिय सचिवालय समितिको बैठक बोलाएको थियो । केन्द्रिय पदाधिकारीले निर्वाचन समिति र विभिन्न तहमा काम गर्नेहरु सँग घटनाबारे जानकारी र आवश्यक राय बुझेर सो निर्णय लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल समुदायमा रस्साकस्सी, विद्यार्थी महासचिवद्..." A few seconds ago

सम्बन्धित खवर