कबिता "म टाउको टेकेर आकाश हिंडिरहेछु" – Satabdi News

कबिता “म टाउको टेकेर आकाश हिंडिरहेछु”

अविनाश आङ्बुहाङ

नदिहरू उकालै उकालो बगेपछि
समय ओरालै-ओरालो लागीरहेछ
बृद्धहरू समयका लौरा टेकेर
वयस्क र वाल्यकाल तर्फ प्रबेश गरिरहेछन्
हिउँ पग्लिएर हिमाल चुलिदै छ
बर्षातमा निथ्रुक भिजे पछि
जमिनहरू सुख्खा चर्किएका छन्
र झरीले लगाइ रहेछ बन डढेलो
अनि ईश्वरहरू जङ्गल र बस्तीहरूमा
मनिस र जीवजन्तुहरूका मुर्ति पुजिरहेछन्
मानिस आकाश टेकेर जमिन ओढिरहेछ
समुन्द्र झुन्डिएको छ शुन्यतामा
घमाइलो रातभरी महादेबहरूले
गाँजा-भाँङको नसामा लिङ्ग फूलाए पछि
पार्बतीहरू घण्टी बजाइरहेछन्
भगवानका मुटु कलेजो ओबुङ्सा पोलेर
नित्से आफै मानव पुजि रहेछ
प्लेटो भ्रमका अध्यारो गुफा भित्र
आफै पछारिएको छ
ज्याक डेरिडा मेरो खप्परमा रिंगटा बनेर
गिद्द झैँ गिदि लुछी रहेछ
भो समय अब नजिस्क मेरो मन-मस्तिष्क सँग
हो म पनि अचेल !
टाउको टेकेर आकाश हिंडिरहेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता “म टाउको टेकेर आकाश हिंडिरहेछु”" A few seconds ago

सम्बन्धित खवर