कोरोना भाईरसबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङको अनुरोध – Satabdi News

कोरोना भाईरसबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङको अनुरोध

२२ फागुन, विराटनगर । कोरोना भाइरसको फैलिएको त्रास सँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली (फागु पर्व) नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जि. प्र.का मोरङले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान सर्वसाधारणलाई जानकारी गराएको छ ।
यसै बीच प्रदेश सरकारले कोरोना संक्रमणको विषयमा सतर्कता अपनाउन र पूर्वतयारी स्वरूप विभिन्न ६ वटा अस्पताल २८ वडा बेड तयार गरिएको जनाएको छ । कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज तथा शिक्षणा अस्पताल बिराटनगरको मा आईसीयू सहित र विराट मेडिकल कलेजमा बेड तयार गरिएको प्रदेश सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाईरसबाट सचेत रहन जिल्ला प्रशासन कार्याल..." A few seconds ago

सम्बन्धित खवर