ईटहरीमा पृथ्वीजयन्ती भब्य रुपमा मनाइँदै – Satabdi News

ईटहरीमा पृथ्वीजयन्ती भब्य रुपमा मनाइँदै

२७ पुस इटहरी । इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईँदै छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥यालीपछि कार्यक्रम गर्दैछ ।

¥यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीय दिनेश कोइरालालाई सहभागि गराइएको थियो । कार्यक्रममा सहभागिहरुले उनीसँग फोटो खिँचाएका थिए । अघिल्ला वर्षहरुसम्म कोठाभित्र आयोजना गर्ने गरिएको पृथ्वी जयन्ती यो वर्ष भने खुला सडकमा गरिएको छ । कार्यक्रममा इटहरीवासीको बाक्लो उपस्थिती रहेको छ ।

कार्यक्रममा नेपाली सेनाका पुर्व प्रमुख रुक्मांगद कट्वाल, पुर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बालगायतको उपस्थिती छ । कार्यक्रममा नेपाली सेनालेसमेत सहभागिता जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ईटहरीमा पृथ्वीजयन्ती भब्य रुपमा मनाइँदै" A few seconds ago

सम्बन्धित खवर