१ नं प्रदेश सरकारद्वारा नेपाल भमण बर्षको उद्घाटन – Satabdi News

१ नं प्रदेश सरकारद्वारा नेपाल भमण बर्षको उद्घाटन

१५ पौष, विराटनगर । १ नं प्रदेश सरकारले ” नेपाल भ्रमण वर्ष २०२०” को एक कार्यक्रम विच सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा आज भएको भव्य समारोहमा नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरिएको हो । मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्दा समारोहमा भारत सिक्किम सरकारका प्रचार संयोजक वीरेन्द्र ताम्ली, पश्चिम बंगाल सिलिगुडीका पर्यटन व्यवसायी राज बासुलगायतको सहभागिता थियो ।

विश्वकै अग्लो हिमाल सगरमाथा, नेपालकै होचो भाग केचना कवच र नेपालकै होचो अरुण उपत्यका पनि प्रदेश १ मै रहेको बताउँदै मुख्यमन्त्री शेरधन राईले तीनवटा राष्ट्रिय निकुञ्ज र एक आरक्ष रहेको प्रदेश १ का विभिन्न क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले कुनै कसुर नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पश्चिम बंगालका पर्यटन व्यवसायी राज बासुले नेपाली भाषामा मन्तव्य राख्दै प्रदेश १ मा पर्यटनको सम्भावना भएका धेरै क्षेत्र भएको बताउँदै कोशी टप्पुको अझ प्रचार हुनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रम स्थलमा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइएको थियो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटले कला प्रदर्शन गरेका थिए । आदिबासी जनजाति, शैक्षिक संस्था, संरक्षण क्षेत्र, वन उपभोक्ता लगायतले विभिन्न भेषभूषामा झाँकी प्रदर्शन गरेका थिए । प्रदेश १ निवासी नेपालका चर्चित व्यक्तिहरू, हिमाल आरोही, नेपालकै अग्लो व्यक्ति लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "१ नं प्रदेश सरकारद्वारा नेपाल भमण बर्षको उद्घाटन" A few seconds ago

सम्बन्धित खवर