सुकुना ब. क्याम्पसको प्रध्यापक संघको अध्यक्षमा बलराम पोखरेल निर्वाचित – Satabdi News

सुकुना ब. क्याम्पसको प्रध्यापक संघको अध्यक्षमा बलराम पोखरेल निर्वाचित

२ पौष विराटचोक । सुकुना बहुमुखी क्याम्पसमा आज भएको प्राध्यापक सङ्घको अधिवेशनबाट अध्यक्षमा बलराम पोखरेल निर्वाचित भएका छन् ।

क्याम्पसको यो पहिलोको पटकको निर्वाचन प्रणालीबाट प्राध्यापक सङ्घको पदाधिकारी टुङ्गो लागेको हो । प्रगतिशील प्राध्यापक सङ्घको तर्फबाट पोखरेल निर्वाचित भएका हुन् । प्रगतिशील समूहबाट १० जना निर्वाचित भएका छन् भने प्रजातान्त्रिक समूहबाट १ जना निर्वाचित भएका छन् ।

प्रजातान्त्रिक समुहबाट भने रमेश खतिवडा चयन भएका छन । खतिवडा प्रजातान्त्रिक प्रध्यापक संघ सुकुनाका सभापती समेत रहेका छन ।

खतिवडाकै नेतृत्वमा सुकुनामा प्रजातान्त्रिक प्रध्यापक संघ गठन गरि पहिलो पटक निर्वाचनमा प्रजातान्त्रिक समूह सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुकुना ब. क्याम्पसको प्रध्यापक संघको अध्यक्षमा ..." A few seconds ago

सम्बन्धित खवर