चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन – Satabdi News

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

३० मंसिर, काठमाडौ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । उनको आइतबार राती १० बजे र २० मिनेटको समयमा निधन भएको परिवारले जनाकारी दिएको हो । भट्टराइलाई उपचारका लागि चाबहिलमा रहेको ओम अस्पताल पुर्याउँदै गर्दा बाटोमा उनको निधन भएको थियो । उनको निधनको हुनु कारण भने खुलेको छैन । उनको ५४ बर्षको उमेरमा निधन भएको हो ।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन" A few seconds ago

सम्बन्धित खवर