इटहरीको बिगबार रेष्टुरेन्टमा आगलागी,४ करोड भन्दा बढीको क्षति – Satabdi News

इटहरीको बिगबार रेष्टुरेन्टमा आगलागी,४ करोड भन्दा बढीको क्षति

२२ मंसिर, इटहरी ।पूर्व पश्चिम लोकमार्ग अन्तरगत इटहरीकाे मुख्य चाैकमा अवस्थित सुर्य कम्प्लेक्सको बिगबार हाेटलमा शनिबार मध्यरातकाे १२ बजे आगलागी भएको छ ।

इटहरी चोकबाट पश्चिमलाइनमा रहेकाे उक्त हाेटलमा बिद्युत सर्टभइ आगलागी भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । आगलागिबाट ४ कराेडकाे भन्दा बढीको क्षति भएकाे बिगबारका सञ्चालक किरण कुमार बुढाथाेकिले बताए ।

आगाेलाई नियन्त्रण गर्न इटहरी, विराटनगर, सुन्दरहरैचा, धरान, इनरूवाका वारूणयन्त्रको प्रयोग गरिएको थियो । करीब साढे ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियाे ।

चौथो तलामाथी लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई हमेहमे परेको थियो । गत ०७५ माघ दखि हाेटलकाे स्थापना भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इटहरीको बिगबार रेष्टुरेन्टमा आगलागी,४ करोड भन्द..." A few seconds ago

सम्बन्धित खवर