मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन समिति गठन – Satabdi News

मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन समिति गठन

उर्लाबारी । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ ।
बिहिबार मोरङको उर्लाबारी स्थित धिमाल जातीय विकास केन्द्र, परियोजना स्थलमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीलाई जिताउ अभियानको संयोजकमा चयन गरेको छ । अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी, सचिवमा मातृका धिमाल, सह—सचिवमा सविता धिमाल, अर्थसचिवमा बिजय धिमाल र प्रचार प्रसार संयोजकमा तेजन खड्का रहनुभएको छ । समितीको सदस्यहरुमारोमान्सी धिमाल, राजेन्द्र धिमाल, शंकर निरौला, लक्ष्मीकुमार तामाङ लगायत रहनुभएको छ ।


समितीको संरक्षकमा उर्लाबारीका मेयर खड्गबहादुर फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी र धिमाल जाति विकास केन्द्र र सञ्चार क्लव नेपाल रहेको छ । अभियानको सल्लाहकारमा लोमिम पोमु, हेमराज गुरुङ, राजकुमार योञ्जन, पूर्ण सिंगक, पत्रकार सरोज बस्नेत, राजु लामा, प्रेम याक्खा, प्रितम खड्गी, सुन्दर श्रेष्ठ, सन्जिब बुढाथोकी, घनश्याम भण्डारी लगायत रहनु भएको छ । अभियानका संयोजक सर्वजित भण्डारीले उर्लाबारीकी चेली मेचु यो स्थान पुग्न सफल भएकोमा खुशी प्रकट गर्दै भोट गरेर बिजय गराउन अपिल गर्नुभएको छ । उर्लाबारी लगायत बिभिन्न गाउँटोल र संघ संस्थासँग सहकार्य गरेर मेचुलाई जिताउन अघि बढ्ने उहाँको भनाई छ । समिती गठन कार्यक्रममा मेचुको बुबा सन्तुलाल धिमाल र आमा गीताकुमारी धिमालको पनि विशेष उपस्थिती रहेको थियो भेला धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमालको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर