धिमाल विद्यार्थी तथा युवाहरुलाइ सचेतना – Satabdi News

धिमाल विद्यार्थी तथा युवाहरुलाइ सचेतना

उर्लाबारी । धिमाल विद्यार्थी तथा युवाहरुलाई लक्षीत गरि सचेतना अभिमुखीकरण सम्पन्न भएको छ ।


शुक्रबार धिमाल परियोजना स्थल, मंगलबारेमा सो कार्यक्रम सम्पन्न भएको हो । धिमाल विद्यार्थी मन्च र धिमाल युथ ग्रुपको संयुक्त आयोजनामा भएको कार्यक्रममा ६० जना युवा युवतीको उपस्थिति रहेको थियो । सहभागीहरुलाई शिक्षा, टेक्नोलोजी, करियर, बैदेशिक रोजगार, धिमाल सँस्कृती लगायतका विषयमा सहजकर्ता अनिल धिमालले सहजीकरण गर्नु भएको थियो । धिमाल युथ ग्रुपका अध्यक्ष गणेश धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा सचिव रत्नबहादुर धिमाल, कोषाध्यक्ष गिरिराज धिमाल, विभागिय प्रमुख कृष्णबहादुर धिमाल, माझी समितिका अध्यक्ष जयबहादुर धिमाल, पथरीशनिश्चरे नगरका जनप्रतिनिधि रोमान्सी धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यार्थी मन्चका अध्यक्ष तिलक धिमालले सन्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल विद्यार्थी तथा युवाहरुलाइ सचेतना" A few seconds ago

सम्बन्धित खवर