अब मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने – Satabdi News

अब मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने

 

सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ ।

वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् ।

तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज पठाएको १० मिनेट भित्रमा डिलिट गर्नुपर्नेछ । अन्यथा प्रापकको च्याटबक्सबाट मेसेज हट्ने छैनन् ।

मेसेन्जरमा थप गरिएको त्यो फिचर ह्वाट्सएपको डिलिट फर एभ्रिवन फिचर जस्तै रहेको छ ।

यो फिचर थप गरिएसँगै अब यदि तपाईंले कसैलाई भुलबस मेसेन्जरमा मेसेज पठाउनुभयो भने चिन्ता मान्नु पर्दैन । १० मिनेटभित्रमा त्यसलाई डिलिट गर्न सक्नुहुनेछ र त्यति बेलासम्म प्रापकले तपाईंको मेसेज नहेरेको पनि हुन सक्दछ ।

अहिलेसम्म मेसेन्जरमा प्रयोगकर्ताले केवल आफ्नो च्याटबक्सबाटमात्र मेसेज डिलिट गर्न सक्दथे । पठाइसकेका मेसेज प्रापकको च्याटबक्सबाट समेत हटाइदिने फिचर उपलब्ध थिएन । तर मेसेन्जरमा अनसेन्ड फिचर थप गरेसँगै अब प्रापकको च्याटबक्स बाट पनि मेसेज डिलिट हुनेछन् ।

स्मरणरहोस् फेसबुकका सीईओ मार्क जुकरबर्गका लागि निकै अघिदेखि नै यो फिचर उपलब्ध थियो । जुकरबर्गले कसैलाई पठाएका मेसेजहरु प्रापकको च्याटबक्सबाट समेत हटाइदिने गरेको कुरा सार्वजनिक भएसँगै फेसबुक प्रयोगकर्ताहरुले यस्तो फिचर सबैका लागि उपलब्ध गराउन माग गरेका थिए ।

अन्ततः मंगलबारबाट फेसबुकले विश्वव्यापी रुपमा सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराउन सुरु गरेको छ । सम्पूर्ण मेसेन्जर प्रयोगकर्ताको एपसम्म यो फिचर पुग्न केही समय भने लाग्नेछ ।

कसरी प्रयोग गर्ने ?

तपाईंले कसैलाई मेसेन्जरमा पठाएको मेसेजमा ट्याप गर्ने । १० मिनेट भित्रमा त्यो गरिसकेको हुनुपर्नेछ । त्यसरी ट्याप गर्दा तपाईंले पहिले देख्ने गरेको delete बटनको साटो Remove for you”, र “Remove for everyone गरी दुई विकल्प हुनेछन् । यदि तपाईंले दोस्रो अप्सनमा ट्याप गर्नुभएमा तपाईंले पठाएको सो मेसेज प्रापकको च्याटबक्सबाट पनि डिलिट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अब मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने" A few seconds ago

सम्बन्धित खवर