बिराटनगरमा हिमाल आँखा अस्पतालको सेवा सुरु – Satabdi News

बिराटनगरमा हिमाल आँखा अस्पतालको सेवा सुरु

फागुन २७, विराटनगर । विराटनगर–१४ मलाया रोडस्थित गौशाला चौकमा बिहीबार देखि हिमाल आँखा अस्पताल सञ्चालनमा आएको छ ।

आँखाको सम्पूर्ण उपचार गरिने सो अस्पतालमा अन्य अस्पताल भन्दा गुणस्तरीय सेवा प्रवाह हुने अस्पताल प्रशासनले जनाएको छ । अत्याधुनिक नवीनतम तथा प्रविधियुक्त अस्पताल बिहीबार शिवरात्रीको अवसर पारेर सञ्चालनमा आएको संचालक तेजलाल कर्णले बताएका छन् ।

अस्पतालका सञ्चालक एवंम संरक्षण कर्णका अनुसार हिमाल आँखा अस्पतालले विराटनगरमै पहिलो पटक अर्थोटिक इभ्यालुसन सेवा भित्रयाएको छ । नेत्ररोग विशेषज्ञ डा. शौरभ पियाले अस्पतालमा सेवा दिनेछन् । अस्पतालबाट ओपिडी, आकस्मिक, मोतियाबिन्दु शल्यक्रिया, फार्मेसी र ल्याब सेवा प्रवाह गरिने सञ्चालक कर्णको भनाई छ । अन्य अस्पताल भन्दा सस्तो र भरपर्दो उपचार सेवा गर्ने उद्देश्यका साथ आँखा अस्पताल सञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।

विश्वमा उत्कृष्ट मानिने उपकरण मार्फत आँखाको उपचार गरिने उद्देश्यले सञ्चालनमा ल्याईएको यस अस्पतालमा तुलनात्मक रुपमा खर्च पनि कम लाग्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिराटनगरमा हिमाल आँखा अस्पतालको सेवा सुरु" A few seconds ago

सम्बन्धित खवर