बेलबारीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संङख्या दुई पुग्यो – Satabdi News

बेलबारीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संङख्या दुई पुग्यो

असार २१, मोरङ । मोरङको बेलबारीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । बेलबारी नगरपालिका वडा नं २ निवासी ५० बर्षिया एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै  बेलबारीमा संक्रमितको संङख्या दुई पुगेको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुन्दरहरैँचाको गोठगाउँमा रहेको कोरोना उपचार केन्द्र लगेर उपचार गरिने बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस अघि भारतबाटै बेलबारी आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितक..." A few seconds ago

सम्बन्धित खवर