
श्रावण २४, बेलबारी । बेलबारी नगरपालिकाले लकडाउन गरे संगै वडा नं २ लालभिति बजार टोल पुर्ण रुपमा शिल गरेको छ । केही दिन अघि मात्र उक्त वडामा एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि गत शुक्रबारबाट वडालाई शिल गरिएको हो ।
वडाले शनिबार एक विज्ञप्ति निकाल्दै वडा नं २ को लालभिती बजारलाई शिल गरिएको जानकारी गराएको हो । कोरोना भाइरसको संक्रमणलाई समुदाय स्तरमा फैलिन नदिनका लागि बेलबारी वडा नं २ को लालभिती बजारलाई शिलबन्दी गरिएको छ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै गरी लकडाउन अवधि अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि वडाअध्यक्ष घनश्याम गौतमले आग्रह गरेका छन् ।



