श्रावण १६, दार्चुला । दार्चुलामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १० गते जिल्लाका विभिन्न क्वारेन्टीन तथा आइसोलेशनमा रहेका १ सय ६२ जनाको स्वाव परिक्षण गर्दा ३ जना महिला तथा १३ जना पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिएका छन् ।
जिल्लाको मार्मा गाउँपालिकाका २५, ३० र २२ वर्षिय ३ महिला १० पुरुष, ब्याँस गाउँपालिकाका २ पुरुष र लेकम गाउँपालिकाका १ पुरुष गरी १६ जनामा कोरोना संक्रमण भेट्टीएको उहाले बताएका छन् । उनीहरुको स्वाव सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा परिक्षण गरिएको हो । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । यस अघि संक्रमण भेट्टीएका २६ जना अहिले होम आइसोलेशनमा बसिरहेका छन् ।



