आईसोलेशन अस्पताल गोठगाउबाट १२ जना डिस्चार्ज – Satabdi News

आईसोलेशन अस्पताल गोठगाउबाट १२ जना डिस्चार्ज

श्रावण ९, मोरङ । मोरङको गोठगाउमा रहेको पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेशन अस्पतालबाट शुक्रबार बिहान १२ जना डिस्चार्ज भएका छन् । पछिल्लो समयमा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएपछि चिकित्सकको सल्लाह अनुसार डिस्चार्ज गरिएको हो ।

शुक्रबार बिहान डिस्चार्ज भई घर फर्कनेहरुमा झापाका एक जना, इलाम नगरपालिकाको क्वारेन्टीनमा खटिएका नेपाली सेना एक समेत गरि पाच जना रहेका छन् ।

आईसोलेशनमा हालसम्म भर्ना भएका ३४८ जनामध्ये शुक्रबार सम्म २८२ जना नागरिकले कोरोना संक्रमणलाई पराजित गरिसकेका छन् । यसै गरी डिस्चार्ज हुनेहरुमा १९ देखि ४० वर्ष उमेर समुहका रहेका छन् । जस मध्ये उदयपुरको बेलका नगरपालिकाका ३ जना, सुनसरीको भोक्राहा १, रामधुनी १ र इटहरी १ जना रहेको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ जना र डिस्चार्ज हुनेको संख्या ७३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आईसोलेशन अस्पताल गोठगाउबाट १२ जना डिस्चार्ज" A few seconds ago

सम्बन्धित खवर