पहिलो पटक बेलबारीमा कोरोना संङकमण भेटियो, सावधान रहन उपप्रमुख पराजुलीको आग्रह – Satabdi News

पहिलो पटक बेलबारीमा कोरोना संङकमण भेटियो, सावधान रहन उपप्रमुख पराजुलीको आग्रह

असार १९, मोरङ्ग । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएको छ । बेलबारी वाड न. ५ का वर्ष २२ का एक युवकमा कोरोना संक्रमित देखिएको हो ।

बेलबारी स्वास्थ्य शाखाका अनुसार भारतको दिल्लीबाट घर फर्केका उक्त युवक असार ९ गते बेलबारी क्वारेनटाइनमा राखिएको थियो । १८ जनाको स्वाब सङ्कलन गरेर असार १७ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।

पिसिआर विधिबाट भएको परीक्षणमा १७ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिर्पोट आएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ । अहिले बेलबारी क्वारेनटाइनमा ५० जना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

बेलबारी क्वारेनटाइनबाट ९९ जना घर फर्किएका छन् भने १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले जनाएका छन् । बेलबारीवासीलाई अझ धेरै सावधान रहन बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पहिलो पटक बेलबारीमा कोरोना संङकमण भेटियो, सावधा..." A few seconds ago

सम्बन्धित खवर