असार १२, झापा । झापाको दमकमा थप तीन जना कोरोना संक्रमित भएको छ । स्वाब परीक्षणका लागि पठाइएका ६१ जनाको पिसिआर रिपोर्ट आएको हो ।
स्वाब परीक्षणको रिपोर्ट ६१ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै झापाको दमकमा मात्र कोरोना संक्रमित संख्याको ६ पुगेको हो । पहिलो एक जना कोरोना संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।
दमकको २ वटा क्वारेन्टाइनका सहित ६१ जनाको स्वाव परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको हो । संक्रमित हुने क्वारेन्टाइनमा बस्दै आएका नै भएको दमक नगरपालिकाको स्वास्थ शाखाले जनाएको छ ।



