कर्णाली प्रदेशको सुर्खेतमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु – Satabdi News

कर्णाली प्रदेशको सुर्खेतमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु

असार ९, बेलबारी । दुल्लु नगरपालिका वडा नं ३ निवासी एक पुरुषको उपचारको क्रममा मुत्यु भएको छ । दैलेखका कोरोना संक्रमणबाट ग्रसित ती पुरुष उपचारको क्रममा मृत्यू भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सघन उपचार कक्षमा उपचार गराइरहेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मुतक पुरुषलाई कोरोना संक्रमण देखिए पछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो ।

यस अघि कर्णालीको दैलेख र डोल्पामा एक, एक जना मृत्यु भएको थियो । यो सँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कर्णाली प्रदेशको सुर्खेतमा उपचार गराईरहेको एक क..." A few seconds ago

सम्बन्धित खवर