असार ८, कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण केन्दको प्रयोगशालमा गरीएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
सर्खेतका संक्रमितहरु भेरीगंगा नगरपालिकाका ११ जना पुरुष, वीरेन्द्रनगर नगरपालिका ५ महिला र बराहताल गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।
सल्यानका चारैजना पुरुष हुन् । उनीहरु सबै बनगाड कुपिन्डे नगरपालिकाका हुन् । यस्तै दैलेखका एक महिला र दुई पुरुष नारायणनगरपालिकाका हुन् ।
एकजना संक्रमितको भने महिला या पुरुष भन्ने खुलेको छैन । तर उनको हुम्लाको ताजाकोट गाउँपालिका(६ ठेगाना रहेको र उमेर २५ वर्ष उल्लेख गरिएको छ।
योसँगै कर्णालीमा संक्रमितको संख्या १२८२ पुगेको छ ।
कर्णालीमा सोमबार थप २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । रुकुम पश्चिमको चौरजहारी अस्पतालको आसोलेसनबाट सल्यानका ९ जना पुरुष, सुर्खेतको सालकोट आसोलेसनबाट एक महिलासहित ६ जना, मेहेलकुना अस्पतालको आसोलेसनबाट दुईजना पुरुष र ३ जना महिला गरी २० जना डिस्चार्ज भएका हुन् ।
योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५५१ पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।
अनलाईनखबरबाट



