सोमबार मात्र सुन्दरहरैचा र रंगेली गरी थप १२ जना कोरोना संक्रमित भेटिए – Satabdi News

सोमबार मात्र सुन्दरहरैचा र रंगेली गरी थप १२ जना कोरोना संक्रमित भेटिए

असार ८, बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालिका र रंगेली नगरपालिकामा थप १२ जना कोरोना संक्रमित भेटिएका छन । सोमबार सुन्दरहरैचा नगरपालिकामा ४ जना र रंगेली नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।

कोशी अञ्चल अस्पतालको प्रयोगशालामा गरीएको परीक्षाणबाट रंगेलीका १२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या १३० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सोमबार मात्र सुन्दरहरैचा र रंगेली गरी थप १२ जना..." A few seconds ago

सम्बन्धित खवर