त्रिभुवन विश्वविद्यालयले कस्तो चेतना उत्पादन गदैछ भन्दै सडक बहस – Satabdi News

त्रिभुवन विश्वविद्यालयले कस्तो चेतना उत्पादन गदैछ भन्दै सडक बहस

असार ५, किर्तिपुर । किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयमा रुकुम नरसंहार र दलित समुदाय माथि श्रृंखलाबद्व रुपमा भएका हत्या तथा जातिय विभेद का विरुद्ध नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित विद्यार्थी राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा विश्वविद्यालय र दलितमुक्तिको प्रश्न भन्ने शिर्षक मा सडक बहस सम्पन्न भएको छ ।

कार्यक्रममा प्रा. डा. सञ्जीव उप्रेतीले गैर दलितका साथीहरुले एक पटक आफुलाई फर्केर हेर्न अनुरोध गरे । उनले संरचनागत लाभको बारेमा विस्तृत रुपमा प्रकाश पार्दै हरेक नागरिकले जन्म सिद्ध रुपमा राज्यबाट पाउने सुविधाले उसको व्यक्तित्व निर्माण सहयोग पुग्ने बताए । उनले थप प्रष्ट पार्दै दलित समुदाय सदियौं देखि पिढंमा राज्यले नै पुर्याएको हुनाले दलित समुदायको न्याय दिनको लागि राज्य नै लाग्नु पर्ने बताए ।

विश्वविद्यालयको ज्ञानले भन्दा वैकल्पिक ज्ञानले नै दलित मुक्तिको लागी टेवा पुग्ने बताए । कार्यक्रममा लेखक तथा अध्येता युग पाठकले विश्वविद्यालयले ज्ञानको कक्षा नभई ट्रेनिङ कक्षा चलाईरहेको आरोप लगाए । यहाँ यथास्थिति चेतना बाहेक थप केही नभएको पनि बताए । त्रिविमा पढाइने इतिहासले नेपाली समाज चिन्न होइन नचिन्न सिकायो । विश्वविद्यालयमा पढेको ज्ञान कक्षा बाट बाहिर निस्के पछि कुनै काम लाग्ने छैन सबै नक्कली ज्ञान दिएको उनको भनाई थियो ।

कार्यक्रममा अर्का वक्ता कैलाश राईले त्रिवि मा दिइने शिक्षाले समाज मा चेतना निर्माणको भुमिका भन्दा नि रेडिमेड ज्ञान दिएको बताइन । वैकल्पिक ज्ञान निर्माण नगरे सम्म दलित मुक्तिको प्रश्न अधुरो रहने बताइन । स्वघोषित बुद्धिजीवी हरुले दिने ज्ञानले समाजलाई बुझ्ने तिर भन्दा भ्रम फैलाउने काम गरेको आरोप लगाइन । दलित समुदायको मुद्दा दलितले मात्र बोक्नु पर्छ भन्ने मानसिकता नत्यागे सम्म दलित मुक्ति नहुने बताईन ।

कार्यक्रमका अर्का वक्ता लेखक तथा मधेसी अधिकारकर्मी तुलानारायण शाहले विश्वविद्यालयको ज्ञानलाई प्रश्न गर्नु नै अनुचित रहेको टिप्पणी गरे उनले नेपालका कुनै पनि विश्वविद्यालय ले सामाजिक न्यायको पक्षमा आवाज उठाउदैन् उनीहरुमा उच्च जातिय र पहाडिय अंहकार ले भरिएका मान्छे मात्र छन् । जब सम्म बैकल्पिक ज्ञानको माध्यम बाट यस्ता ब्यक्तिलाई हटाउन सकिँदैन तब सम्म विश्वविद्यालय बाट ज्ञानको आश गर्न सकिँदैन । चेतना निर्माणको त कुरै छाडौं । साच्चै दलित मुक्तिको कुरा गर्ने हो भने दलित समुदायले राजनितिक माध्यम बाटै हस्तक्षेप गर्नु पर्छ त्यसको लागि दलित समुदायले छुट्टै पार्टी खोल्नु पर्ने उनको मत थियो । दलित समुदायले बुझ्न पर्ने मुख्य कुरा कलरफुल सहभागीता हुने कि मिनिङफुल सहभागिता हुने भन्ने कुरा छुट्याउन अनुरोध गरे । कलरफुल सहभागिताले हामीलाई दास बनाउने मात्र चेतना विकास गर्ने छ भने मिनिङफुल सहभागिताले समानता को लडाईलाई मद्दत गर्छ त्यसैले अबको लडाई मिनिङफुल सहभागीता हुन पर्ने बताए ।

अर्का वक्ता दलित अध्येता तथा लेखक मेघराज रसाइलीले मेरो बा को ट्यालेन्टलाई नेपाली शिक्षा प्रणाली ले कहिल्यै चिन्न नसकेको बताए । हाम्रा विश्वविद्यालयले दलित तथा सिमान्तकृत को हित चाहने भन्दा पनि यो समुदाय लाई कसरी दास बनाउन सकिन्छ भन्ने कुतर्क गर्ने बौद्धिक चेत मात्र निर्माण गरेको बताए । हामीलाई चार जात छत्तीस वर्ण मिलेर बसेको छ समाज छ भनेर ढाटियों । छुवाछुत छ यसलाई रोक्न पर्छ भन्ने चेत निर्माणा विश्वविद्यालय हरु चुकेको उनको भनाई छ । दलित गैर दलित समुदायका बौद्धिक चेत भएका आम मान्छे सडक मा नआए सम्म दलित समुदायले न्याय पाउन नसक्ने उनको भनाई थियो । कार्यक्रममा सबै वक्ताहरु ले रुकुम नरसंहारमा राज्यको निकायले नै प्रमाण नष्ट गरेकाले दोषी उम्किन सक्ने आशंका ब्यक्त गरे । रुपेन्देही को अंगिरा पासी र सर्लाहीको शम्भु सदाको हत्यारा लाई हदै सम्मको कार्वाहीको माग गरिएको थियो । कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता र रामलाल राजवशीं विकेको सहजिकरण मा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "त्रिभुवन विश्वविद्यालयले कस्तो चेतना उत्पादन गद..." A few seconds ago

सम्बन्धित खवर