नेपालमा कोरोना संक्रमित १९१ पुग्यो – Satabdi News

नेपालमा कोरोना संक्रमित १९१ पुग्यो

बैशाख ३०, बेलबारी। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मंगलबारका दिन थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

सरकारले परीक्षणलाई विस्तार गरेसँगै ठूलो संख्याम संक्रमितहरु फेला परेका हुन् । नेपालमा अ हिलेसम्म ३३ संक्रमित उपचारपछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा कोरोना संक्रमित १९१ पुग्यो" A few seconds ago

सम्बन्धित खवर