काेराेना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न प्रेस नेपाल, लिम्बुवान समितिकाे माग – Satabdi News

काेराेना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न प्रेस नेपाल, लिम्बुवान समितिकाे माग

प्रेस विज्ञप्ति
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि मुलुकभर लकडाउन भएको १२ दिन वितेको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जोखिम अझै कम नभएकोले लकडाउन अझै लम्बिने अवस्था छ । कोरोनाको जोखिमको कारण अन्य क्षेत्रसँगै नागरिकको सूचनाको हक स्थापित गर्ने सञ्चार क्षेत्र पनि प्रभावित भएको छ । विश्वभर व्याप्त यस संकटको घडीमा समस्त मानव समुदाय स्तब्ध बन्न पुग्नु स्वाभाविक छ । तर, यस विषम परिस्थितिमा पनि कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्दैं आफू र आफ्नो समाज, राष्ट्रलाई बचाउने दायित्व र जिम्मेवारी राज्य, सरकार, सरकारी निकायलगायत समस्त नागरिकहरुको पनि हो । मानवीय सेवा, उपचार, सचेतना, सुरक्षा र शान्तिको प्रत्याभूति आजको मुख्य आवश्यकता हो ।
यस सन्दर्भमा नेपाल सरकारले जारी गरेको लकडाउनलाई प्रेस नेपाल, लिम्बुवान तदर्थ समिति समर्थन गर्दछ । साथै कोरोना भाइरसको संक्रमण हुने जोखिमबाट बच्न स्वास्थ्यसम्बन्धी सुझाइएका सबै उपायहरु अवलम्बन गर्न सबैमा अनुरोध गर्दछौं । सकेसम्म घरमै बसेर वा सुरक्षित तवरले रिपोर्टिङ गर्ने, कार्यालयका कामहरु गर्ने प्रवन्ध मिलाएर कार्य गर्न सबैमा अनुरोध गर्दछौं । अत्यावश्यक नभएसम्म भिडभाडमा नजाने, जानैपरे माक्सको अनिवार्य प्रयोग गर्ने, घरमा वा घरबाहिरबाट आएर अनिवार्य साबुन पानी वा सेनिटाइजर प्रयोग गरेर हातमुख धुने तथा शारीरिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्दछौं ।
साथै संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक थप प्रभावकारी कदमहरु चाल्न नेपाल सरकारसमक्ष माग समेत गर्दछौं । संकटको अवस्थामा चिनबाट कोरोना भाईरस विरुद्ध आवाश्यक स्वास्थ्य सामग्री ल्याउने क्रममा कमिशनको लालच, भ्रष्टचारको प्रपञ्च गर्ने र कमसल सामग्री ल्याउने सम्बन्धित मन्त्रीदेखि संलग्न सबैलाई कडा कानुनी कारवाही गर्न समेत माग गर्दछौं ।
साथै लकडाउनको क्रममा सिमामा नेपालीहरु स्वदेश फर्कन नपाएर छटपटिइरहेका छन्, तुरुन्त नेपाल ल्याई परिक्षण गरी आवाश्यक परे क्वारेन्टाईनमा राख्न समेत माग गर्दछौं ।
कोरोनाको संक्रमण विश्वभर अनियन्त्रित रुपमा फैलिरहेको सन्दर्भमा यसको जोखिमबारे राम्रोसँग सूचना संप्रेशण नहुँदा लकडाउनको उल्लंघन, शंकास्पद भएपनि क्वारेन्टाइनमा नबस्ने तथा सामान्य विरामीले पनि अस्पतालमा उपचार नपाउने अवस्था बनेको छ । सरकारले यस समयमा सञ्चार माध्यमको अधिकतम् उपयोग गर्दै कोरोनाको जोखिम कम गर्ने उपायबारे नागरिकलाई सचेत बनाउन आवश्यक छ । जोखिमपूर्ण यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै सञ्चारकर्मीहरु पनि फ्रन्टलाइनमा रहेर निरन्तर सक्रिय रहेका छन् ।
त्यसैले उनीहरुको सुरक्षामा ध्यान दिन र कोरोनाको कारण जोखिममा परेका सञ्चार माध्यम र श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउँदछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काेराेना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम ..." A few seconds ago

सम्बन्धित खवर