अमना सिसौली बन उपभोक्ता समिति गठन प्रकियाप्रति उपभोक्ताहरुबाट बिरोध – Satabdi News

अमना सिसौली बन उपभोक्ता समिति गठन प्रकियाप्रति उपभोक्ताहरुबाट बिरोध

सचिब अमिर मगर

असोज २४, बेलबारी । मोरङ जिल्ला बेलबारी नगरपालिका वार्ड नं १ मा अवस्थित अमना सिसौली वन समुहको साधारण सभा मिति २०७८ साल असोज २२ गते भएको साधारण सभा प्रती जनता समाजबादी पार्टी, नेपाल बेलबारी नगर समिति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै आज बिज्ञप्ति सार्बजनिक गरेको छ।

”आम बेलबारी जनताको सार्बजनिक सरोकारको बिषयबस्तु बिगत लामो समयदेखि अमना सिसौली बन समहुको साधारणसभा सम्पन्न गर्न नसकेको अबस्थामा, साधारण सभाको कथित नाममा बिधि प्रक्रिया पूरा नगरी, एकलौटी, र गलत मनसाय पुर्बक आफ्नो अनुकुलको मात्र प्रतिनिधि छनौट गरि बनेको नंया कार्यसमिति प्रती उपभोक्ता समितिका सदस्य तथा आम बेलबारी जनताको गुनासोलाई निल्यादा जनता समाजबादी पार्टी नेपाल बेलबारी नगरसमिती बनेको नया कार्यसमितिलाई अबैज्ञानिक र कानुनी बिपरित रहेको कुरा प्रेस बिज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण गराउदछ, साथै कथित बनेको अमना सिसौली बन कार्यसमिति खारेज गरि, बिधि, बिधान र प्रकृया सम्मत नंया कार्यसमिति गठन गर्न यसै बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराउदछौ अन्यथा जनता समाजबादी पार्टी नेपाल, बेलबारी नगरसमिती अप्रिय कदम चाल्न बाध्य हुनेछ । ” जसपा नगर सचिब अमिर मगरले सताब्दी न्युजलाई टेलिफोन मार्फत बताए ।

नब गठित समितिको अध्यक्षमा लिला आचार्य , उपाध्यक्ष मा बिमला राई र राम हरि कोइराला सचिबमा शर्मिला मगर र सह सचिबमा नबराज राई कोशाध्यक्षमा भोजराज बस्नेत सहित लेखा समिति अध्यक्षमा बिन्दु गुरुङ र सदस्यहरु चुनिएका थिए।बिज्ञप्तिमा अध्यक्ष तिलक सम्पांग राई र सचिब अमिर मगरको हस्तक्षर रहेको छ ।

बिज्ञप्ति सहित :- 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमना सिसौली बन उपभोक्ता समिति गठन प्रकियाप्रति ..." A few seconds ago

सम्बन्धित खवर