किरात राई बान्तावा खिम आमचोकको भेला सम्पन्न, रमन राई नेतृत्वमा ११ सदस्यीय समिति गठन – Satabdi News

किरात राई बान्तावा खिम आमचोकको भेला सम्पन्न, रमन राई नेतृत्वमा ११ सदस्यीय समिति गठन

–अर्जुन राई अपहेलित

१६ असोज, इटहरी । भोजपुरको आमचोकमा किरात राई बान्तावा खिमको भेला सम्पन्न भएको छ ।

शुक्रबार बान्तावा खिमको केन्द्रीय अध्यक्ष ज्ञान किरातीको प्रमुख आतिथ्यतामा आमचोक गाउँपालिका स्तरीय बान्तावा खिमको भेला समपन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरातीले किरात राई बान्तावा खिमको भावी योजना र आगामी जनगणनालाई उल्लेख गरेका थिए ।

किरातीले राई बान्तावा भाषाको अस्थित्व स्थापित गर्दै विकास गर्न आगामी जनगणनामा जातिको महलमा ‘राई’, धर्मको महलमा ‘किरात’, मातृभाषा र पूर्खाको भाषामा ‘बान्तावा’ र दोस्रो भाषामा छिमेकमा बोलिने कुनै राई भाषा लेख्न र लेखाउन आग्रह गरेका छन् ।

उक्त भेलाबाट रमन राई (दुखुन माङ्फान्फ) को अध्यक्षतामा ११ सदस्यीय आम्चोक गाउपालिका स्तरीय बान्तावा खिमको कार्य समिति गठन गरिएको छ ।

त्यस्तै उपाध्यक्षः गोमादेवी राई
कोषाध्यक्षः सरस्वती राई
सचीवः बलराम राई
सह–सचीवः रामचन्द्र राई
सदस्यः केदार राई
सदस्यः मान बहादुर राई
सदस्यः भबिन्द्र राई
सदस्यः इमान सिङ राई
सदस्यः पबित्रा राई
सदस्यः उत्तम कुमार राई चयन भएका छन् ।

रमन राईको अध्यक्षतामा सम्पन्न भेलामा विशेष अतिथीको रुपमा आम्चोक गाउँपालिकाका अध्यक्ष अशोक राई र सृजनसरण राई, अतिथिमा ७ नम्बर वडा अध्यक्ष राजेश राई लगायतको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रमको सन्चालन किरात राई बामन्तावा खिम भोजपुर जिल्ला सचीव आर के राईले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई बान्तावा खिम आमचोकको भेला सम्पन्न, रम..." A few seconds ago

सम्बन्धित खवर