जसपा फुटेको छैन, ओलीका केहि मतियार चोइटिएर गएका मात्रै हुन् – Satabdi News

जसपा फुटेको छैन, ओलीका केहि मतियार चोइटिएर गएका मात्रै हुन्

९ भाद्र,मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र रक्षाका लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै सरकारमा जाने बताए क।

जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयाे, ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेण्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं ।’

अर्को प्रसङ्गमा यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘हिटलर जस्तै’ निर्वाचित तानाशाह बन्न खोजेकोले उहाँले पतन भएको दावी गर्नुभयाे । यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसाबले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरू बाटोमै छोडिएका बताउनुभयाे। ‘८० प्रतिशत केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी छन् । रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो । पार्टी फुटेको छैन’, यादवले भन्नुभयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा फुटेको छैन, ओलीका केहि मतियार चोइटिएर गएका..." A few seconds ago

सम्बन्धित खवर