कोभिड सोचे भन्दा खतरनाकको स्थिति भयो; प्रधानमन्त्री ओलि – Satabdi News

कोभिड सोचे भन्दा खतरनाकको स्थिति भयो; प्रधानमन्त्री ओलि

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सोचेभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएको बताएका छन् । उनले आफू कोभिड-१९ महामारीको विषयमा भ्रममा रहेको स्वीकारेका छन् ।

आइतबार सिंहदरबारमा बसेको सिसिएमसी बैठकमा बोल्दै उनले कोभिडको प्रतिरक्षा गर्न नेपाली नागरिकको इम्युनिटी सिस्टम (रोगप्रतिरोधात्मक शक्ति)ले पर्याप्त नभएको बताएका छन् ।

उनले भने, ‘मैले पनि ठानेको के थियो भने यस रुपमा कोभिड अगाडि बढ्छ होला भन्ने सोचेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै बलियो छ । त्यसकारण अलि अलि कोभिड सर्ला तर यस्तो तहमा वृद्धि होला भन्ने थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोभिड सोचे भन्दा खतरनाकको स्थिति भयो; प्रधानमन्..." A few seconds ago

सम्बन्धित खवर