भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ को आर्थिक प्रतिबेदन सार्बजनिक – Satabdi News

भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ को आर्थिक प्रतिबेदन सार्बजनिक

चैत १, बेलबारी । भाउन्ने युथ क्लबद्वारा संचालित “भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७” को आर्थिक प्रतिबेदन आईतबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरेका छन ।

भाउन्ने युथ क्लबले मिति ०७७ माघ २५ गते देखि शुरु भई फाल्गुन ४ गते भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ सम्पन्न भएको थियो । उक्त खेलमा बेलबारी नगरपालिकाबाट रु १०००००/-,बेलबारी नगरपालिका वार्ड न १० को कार्यालयबाट रु ३३०००/- लगायत बिभिन्न संघ सस्था,स्थानीयबासी तथा अमेरिका, बेलायत, मलेसिया,कोरिया,दुबई,कतार,जापानबाट बैदेशिक रोजगारमा गएका नेपालीहरुबाट जम्मा रु ११,४८२१०/- खेल संचालन गर्न आर्थिक सहयोग गरिएको थियो। यता खेल अवधिभर भएको बिभिन्न शिर्षकमा खर्च तर्फ जम्मा रु ७१७८५८/- भएको र सबै खर्च कटाएर जम्मा रु ४३०३५२/- अक्षरेपि चार लाख तिस हजार तिन सय बाउन्न रुपैया बचत रहेको क्लबका अध्यक्ष सन्तोष तामांगले बताए। साथै खेल सम्पन्न गर्नलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी दाताहरुलाई मुरी मुरी धन्यबाद दिए।

पत्रकार सम्मेलनमा क्लबका पदाधिकारीहरु,लेखा संयोजक आसिश सुब्बा,आर्थिक संयोजक गङ्गा ब कार्की , सल्लाहकारहरु अमिर मगर , हरि लिम्बु र ज्ञानु लिम्बुको उपस्तिथी रहेको थियो। कार्यक्रम क्लबका सचिब युमन राईले चलाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ को आर्थिक ..." A few seconds ago

सम्बन्धित खवर