मुस्कुराउँदै काठमाडौं आइपुग्यो मेलम्चीको पानी – Satabdi News

मुस्कुराउँदै काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाडौं। काठमाडौं उपत्यकाकावासीको लामो समयदेखिको सपना आजबाट पूरा भएको छ ।

काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बिशेष योजनासहित कामलाई तीब्रता  परिणाम स्वरुप आज मेलम्चीको पानी मुस्कुराउँदै काठमाडौंको सुन्दरीजल आइपुगेको छ ।

मेलम्चीबाट १२ दिनअघि सुरुङमा पानी हालिएको थियो । सो पानी आज सुन्दरीजल आइपुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बटन दवाएर केहीवेरअघि सुन्दरीजलमा जलप्रवाह सुभारम्भ गर्नुभएसँगै उपत्यकावासीको मेलम्ची सपना पूरा भएको हो । मेलम्चीको पानी काठमाडौं आगमनसँगै खानेपानीको इतिहासमा एउटा स्वर्णिम युग प्रारम्भ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुस्कुराउँदै काठमाडौं आइपुग्यो मेलम्चीको पानी" A few seconds ago

सम्बन्धित खवर