जन्मदिनको अवसरमा शोक्षिक साम्रागी बाड्दै विद्यार्थी नेता किराती – Satabdi News

जन्मदिनको अवसरमा शोक्षिक साम्रागी बाड्दै विद्यार्थी नेता किराती

किरात राई विद्यार्थी संघका महासचिव तथा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य अञ्जिल हाङ किरातीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई ६०० थान कपी वितरण गरेका छन् ।

किरातीले गत माघ २३ गते खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ को रातमाटे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कपी वितरण गरेका हुन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राई, युवा नेता मविन्द्र राई, विद्यालयका शिक्षक तथा अभिभावकहरुको उपस्थितिमा किरात राई विद्यार्थी संघका महासचिव समेत रहेका किरातीले उक्त शैक्षिक सामग्री वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले जन्मदिनको अवसरमा आफूहरुकै स्कूललाई रोजेर शैक्षिक सामग्री वितरण गरेकोमा विद्यार्थी नेता किरातीप्रति आभार प्रकट गरे । जनता समाजवादी पार्टीका नेता समेत रहेका मबिन्द्र राईले जन्मदिन मनाउँदा केक काट्ने संस्कार आफूहरुको नभएको भन्दै जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई कपी वितरण गरेको कार्य सिर्जनात्मक भएको बताए । विद्यार्थी नेता किरातीले जन्मदिनको अवसरमा भविश्यका कर्णधार विद्यार्थीहरुसँग खुसियाली साट्न पाएकोमा खुसी व्यक्त गरे । जन्मदिनमा देशको नक्सा आकारकै केक बनाएर काटेर खाने संस्कारबाट समेत नेपालीहरु ग्रसित भएको भन्दै उनले सिर्जनात्मक तरिकाले जन्मोत्सव मनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जन्मदिनको अवसरमा शोक्षिक साम्रागी बाड्दै विद्या..." A few seconds ago

सम्बन्धित खवर